सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर गृह लगिने

२७ भदौ, काठमाडौँ : पूर्वसभामुख एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेदेखि उनको निवासमा राखिनेछ ।

नेम्वाङ अहिले पार्टी मुख्यालय च्यासलमा छन् । दिउँसो १ बजेसम्म त्यहीँ बस्ने र त्यसपछि उनको घरमा लगिनेछ । नेम्बाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो । उहाँ ७१ वर्षको हुनुहुन्थ्यो । उनको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । नेम्बाङको सम्मानमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *