सुन र चाँदीको मूल्य बढ्यो

१६ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलाको ४ सय र चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य एक लाख १२ हजार६ सय भने आज एक लाख १३ हजारमा कायम रहेको छ । यस्तै, तेजावी सुन सोमबार एक लाख १२ हजार ५० रुपैयाँ थियो भने आज एक लाख १२ हजार ४५० भएको छ । त्यस्तैगरी , सोमबार तोलाको १४ सय ५० रुपैयाँ बिक्री भएको चाँदी आज १४ सय ७५ रुपैयाँमा कारोबार भैरहुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *