सुन तस्करी प्रकरणः रेडी ट्रेडले साढे तीन किलो सुन तस्करी गरेको खुलासा

२७ भदौ, काठमाडौँ : रेडी ट्रेड प्रालिले ३०२ किलो सुन तस्करी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अनुसन्धानमा खुलेको छ ।

सीआईबीले रेडी ट्रेड कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै कम्पनीलाई ३ अर्ब ५० करोड क्षतिपूर्ति तिर्न माग गरेको छ । विस्तृत अनुसन्धानपछि सीआईबीले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने भएको छ । सोही प्रतिवेदनका आधारमा वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।

रेडी ट्रेड प्रालिले एयरपोर्ट भन्सार कार्यालयबाट करिब ६१ तोला सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।कम्पनी काठमाडौंमा निर्माणमा कार्यरत दिलीप भुजेलको नाममा दर्ता भएको थियो । उनको नाममा कम्पनी दर्ता भएपनि मालिक अरु नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार यस घटनामा ३२ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार छन् । सिआइबीले फरार १८ जनालाई पक्राउ गर्न विभिन्न उपाय अपनाइरहेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै डीआईजी यज्ञ विनोद पोखरेलले फरार व्यक्तिलाई पक्राउ गर्न पर्पल नोटिस जारी गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *