सुन तस्करी छानबिन गर्न आयोगलाई ३ महिनाको म्याद

१४ असोज, काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षस्तरीय बैठकले सुन तस्करीका विभिन्न घटनाको छानबिन गर्न सुन तस्करी अनुसन्धान आयोगलाई ३ महिनाको म्याद दिने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागिता रहेको थियो । पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन हुने भएको छ । एमाले सचेतक बर्तौलाका अनुसार आयोगलाई तीन महिनाको म्याद दिइने र सुन तस्करीबारे विस्तृत छानबिन गरी प्रतिवेदन तयार गर्ने छ ।

विद्युत चुरोटमा लुकाइएको सुन, ब्रेक जुत्ताबाट तस्करी भएको सुनलगायतका विभिन्न तस्करीका घटनामा आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने पनि बर्तौलाले बताए । सहमतिसँगै एमालेको माग सम्बोधन भई संसदमाथिको अवरोध हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *