सुदर्शन थापाको ‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

२६ साउन , काठमाडौं : सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म साथै सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’ मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएको फिल्मकी निर्मात्री सुप्रिया कट्वालले जानकारी दिएकी छन् ।

यसअघि फिल्मको एक नायिका र नायक मा नीति शाह र अनमोल केसी अनुबन्धित भइसकेका छन् भने फिल्मको छायांकन भदौदेखि गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *