सीआईबीले सहसचिव झलकराम अधिकारीको लियो बयान

२० भदौ काठमाडौँ : ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सहसचिव झलकमान अधिकारीको बयान लिएको छ ।

तस्करीमा संलग्न बेल्जियमका नागरिक दावा छिरिङसँग सम्पर्कमा रहेको देखिएपछि अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकको पदबाट हटाइएको थियो ।

अधिकारीले दावासँग ह्वाट्सएपमा कुराकानी गरिरहेको पाइएको छ । अधिकारीलाई सिआइबीको कार्यालयमा बोलाएर उनको बयान लिइएको अनुसन्धानमा संलग्न एक अधिकारीले रातोपाटीलाई जानकारी दिए । यस घटनामा हालसम्म २६ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *