सांसद अनुपस्थित हुँदा संसदीय समितिका दुई बैठक स्थगित

४ असोज, काठमाडौँ : आवश्यक संख्यामा सांसद नपुगेपछि संसदीय समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

समितिमा २४ सांसद रहेकाले अर्थ समितिको बैठक बस्न १३ जना सांसद आवश्यक पर्छ । तर, बैठकमा ११ सांसद मात्रै उपस्थित थिए । बैठकमा उपस्थित सांसदहरुले बैठक स्थगित गर्नुअघि झण्डै एक घण्टा कुर्नुपरेको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका २७ सांसदमध्ये १४ जनाको मात्रै बैठक बस्न आवश्यक छ । तर, बैठकमा दुई सदस्य अनुपस्थित र १२ सांसद मात्रै उपस्थित थिए ।

अर्थ समितिका अध्यक्ष सन्तोष चालिसेले धेरै सांसद आ–आफ्नो जिल्लामा गएका र शिक्षक आन्दोलनले पनि सांसदको गणपूरक संख्या नपुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *