सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी कर्मचारी सबै एकमुष्ट सहिद घोषणा

काठमाडौं २२ माघ – नेपाल सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गरेको छ ।

सरकारले अहिले सहिद घोषणाको नीतिगत निर्णय गरेको र सबै क्षेत्रबाट मर्नेहरुको रेकर्ड मगाउने निर्णय गरेको छ । द्वन्द्वकालमा मारिएका सेना, प्रहरी, सशस्त्र, शिक्षक, निजामति कर्मचारीलाई सहिद घोषणा गरिएको हो । सहिदहरुको सूची केही पछि मात्र सार्वजनिक गरिने भएको छ ।

मन्त्रिपरिषद्को आजैको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद फेरि थप गरेको छ । दुबै आयोगको म्याद एक-एक वर्ष थप गर्ने निर्णय गरेको हो भने उच्चस्तरीय शिक्षा आयोगको म्याद चार महिना थप गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *