सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै: मन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन्। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताएकी हुन्।

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिवद्धता अनुसार अघि बढिरहेको बताइन्। मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको मन्त्री शर्माको भनाई छ।

बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताउँदै उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्याउँछ त्यहाँसम्म पुग्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *