समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न एमाले र माओवादी केन्द्रको माग

काठमाडौ १७ पुस – वाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोग गएका एमाले र माओवादी केन्द्रका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

छलफलमा आयोगका पदाधिकारीहरुले भने परिणाम सार्वजनिक गर्न विलम्ब गर्ने आफूहरुको कुनै मनसाय नरहेको दाबी गर्दै प्रक्रिया पुर्‍याएर छिट्टै परिणाम सार्वजनिक गर्ने बताएका छन् । आयुक्तले भने “कानुनको उपेक्षा गरेर मतपरिणाम सार्वजनिक गर्न सकिन्दैन ” ।

गत मंसिर १० र २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *