समाजवादी मोर्चाको सन्देश बैठक आज पोखरामा आयोजना हुँदै

१५ भदौ, काठमाडौँ : गण्डकी प्रदेशको पोखरामा समाजवादी मोर्चाको सन्देश बैठक आज आयोजना हुँदैछ । बैठकलाई मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तयारीमा छन् । बैठकलाई सम्बोधन गर्न पोखरा जाँदैछन् । मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देशमूलक बैठक सम्पन्न गरी समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटीको घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *