ईन्द्र जिजीबिषा / नुवाकोट, रानी पौवा – मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजको आयोजनामा रक्तदान गरिएको छ । ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाको प्रमुख आतिथ्य तथा मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजका केन्द्रीय अध्यक्ष बिचारी राईको सभापतित्वमा नुवाकोटको रानीपौवामा उक्त वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ८२ जना रक्तदाता महानुभावहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमका संयोजक सुर्य तामाङ जिम्बाका अनुसार ककनी गाउँपालिकाको सहकार्यमा सप्पन्न रक्तदानमा जिम्बा मेटल इन्जिनियरिङ्ग वर्कसप तथा ककनी गार्डेन होटेलले सहयोग प्रदान गरेका थिए ।
रक्तदान कार्यक्रममा एपीएफ, युएन, पिटिसी ककनिका अधिकृतहरु देखि जवानहरुले समेत रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष बिचारी राईले जानकारी दिएका छन् ।
प्रत्येक तीन-तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको मृगौला डाइलाइसिस तथा प्रत्यारोपण समाजको यो १३ औं रक्तदान कार्यक्रम हो । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र केन्द्रीय कार्यलयको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो ।
रक्तदान किन र के-का लागि ? भन्ने प्रश्नमा, वैज्ञानिकहरुले आजसम्म रगतको अभावमा त्यस्ता किसिमका कुनै पनि विकल्प निकालन नसकेको र रगतको सट्टा रगतको अभावमा रगतै दिनु पर्ने बाध्यता जस्तै भएकोले हामीले रक्तदान गर्नु परेको र अस्पतालका शैयाहरुमा मृत्यु संग पैठेजोरी खेलिरहेका रगत अभाव भएका बिरामिहरुलाई उनीहरुले पुनर्जीवन लिन्छ भने,प्रत्य्तक तिन-तिन महिनामा खेर जाने रगतहरुलाई रक्तदान गरि उनीहरुको जीवन बचाउन नै रक्तदानको मूल उदेश्य रहेको कुरा मृगौला डाइलासिस तथा प्रत्य रोपण समाजका अध्यक्ष विचारी चाम्लिङ्गले बताए ।