सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

३० साउन , काठमाडौं : मुगुको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका ७ चिप्लेगाडामा दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँकाचार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेको
प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताएका छन् । भने घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका ७ का चालक दिनेश लावड, सोरु ५ का गोविन्दा शाही, सोरु ६ का सेरे रोकाया, हुम्ला सिमीकोट २ का उदीप बोहोरा र सोरु ५ का वडा सदस्य लोकजङ्ग नेपाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *