संस्कृत विश्वविद्यालयको ताला खुलेको हप्ता दिन पनि नपुग्दै पुनः तालाबन्दी

५ भदौ, काठमाडौँ : नेपाली कांग्रेस सम्बद्ध नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाएको ताला दुई महिनापछि खुलेको थियो । तर, ताला खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा ताला लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *