भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

पौष ११ भोजपुर, यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैं सोमबारबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ ।

संयुक्त बस व्यवसायी संघ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी संघ, ट्र्याक्टर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ लगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् ।

शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नम्बरको यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न हुने गरी कुटेपछि कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याए पनि उल्टै प्रहरी प्रशासनबाट पीडकलाई प्रश्रय दिने काम भएकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी संघ भोजपुरले बताएको छ । घटनामा संलग्नलाई कानुनी कारबाही नगरिएसम्म बन्द फिर्ता नगर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *