श्रीमान् सँगै सुतेको एक महिला सुतेकै अवस्थामा मृत फेला

४ भदौ, काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका – १ ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सँगै मजदुरको रुपमा काम गर्ने एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको छ ।

श्रीमान् सन्तोषका अनुसार गएराति उनीहरु सोही भवनमासँगै सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *