विराटनगरमा भएको दुर्घटनामा १ जनाको मृत्यु

२० भदौ काठमाडौँ : मुख्यमन्त्री निवास विराटनगरमा नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली नगरपालिकाका ६२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बस चालक ५६ वर्षीय दलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *