विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।

त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *