विगतमा जस्तो यसपटक रासायनिक मलको अभाव हुदैन: रवि लामिछाने

काठमार्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले विगतमा जस्तो यसपटक रासायनिक मलको अभाव नहुने बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर– ६ मा रहेको लेक ट्वान्टी फार्म एन्ड रिट्रिटमा आयोजित धान महोत्सव २०८० को अन्तर्क्रिया कार्यक्रम बोल्दै उनले प्रतिपक्षमा बसेर पनि जनताको काम काम गर्न सकिने बताउँदै मलको अभाव पहिलेको जस्तो नहुने बताएका हुन् ।

लामिछानेले भने, ‘म विजयी भएपछि पहिलोपटक मल डिपो र बिक्री केन्द्रमा अन्तर्क्रिया गरेको थिएँ । अहिले मलको केही सहज भएको रिपोर्टिङ पाएको छु । यसबारे थप बुझ्ने पनि छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *