वरिष्ठ कलाकार ओम पुरीको आज बिहान हृदयाघातका कारण निधन

पौष २२ काठमाडौ,बलिउडका वरिष्ठ कलाकार ओम पुरीको आज बिहान हृदयाघातका कारण ६६ बर्षको उमेरमा निधन भएको छ। ओम पुरीको जन्म १८ अक्टूबर १९५०मा हरियाणाको अम्बाला शहरमाँ भएको थियो । नन्दिता पुरी संग १९९३ मा ओम पुरीको बिबाह भए पनि सं २०१३ मा सम्बन्ध बिच्छेद भएको थियो ।

नेशनल स्कुल अफ ड्रामाका पूर्वछात्र पुरी सन् ७० को कला फिल्म आन्दोलनमा संलग्न थिए। सन् १९७३ मा उनले राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएट हासिल गरेका उनले १९७६ मा पुणे फिल्म संस्थानबाट प्रशिक्षण लिए भने त्यसपछि अभिनयको प्रशिक्षण पनि दिएका थिए । उनले आफ्नै पहलमा मजमा नामक थिएटर समूह पनि स्थापन गरेका छन्।

१९७६ मा मराठी फिल्म घासीराम कोतवालबाट करिअर सुरु गरेका उनका भवानी भवानी, सद्गति, अर्धसत्य, मिर्च मसला लगायतका फिल्म चर्चित छन्। पुरीले भारतीय फिल्म मात्र नभई पाकिस्तानी र हलिउड फिल्म ‘हन्ड्रेड फुट जोर्नी’, ‘इस्ट इज इस्ट’मा समेत अभिनय गरिसकेका छन्।
पद्मश्री अवार्ड पनि पाइसकेका पुरीको सन् १९५० अक्टोबर १८ मा भारतको हरियाणामा जन्म भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *