लोकमानको मुद्दा करीब हप्ताको लागि सारियो

पौष ८ काठमाडौ,सर्वोच्च अदालतमा अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दा आज समय नपुगेकाले एक साता लागि सारिएको छ । साथै उनले शुक्रबार अदालतमा आएर पेशी बुझेपछि अर्कोपटकदेखि वारेस राख्न पाउने भएका छन् ।

शुक्रबार कार्कीको तर्फबाट अधिवक्ता द्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरेका छन् भने, अझै धेरै वकिलहरुले बहस गर्न बाँकी नै छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बिहीबारबाट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा बहस सुरु भएको थियो ।
मुद्दालाई ‘हेर्दाहेर्दै’को सूचीमा राखिएको छ र आइतबार र सोमबार पेशी तोक्ने सम्भावना निकै कम छ । त्यसैले बिहीबारसम्म सुनुवाई प्रक्रिया चल्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *