लिबियाको बाढीमा परी ५ हजार बढीको मृत्यु , १० हजार जना बेपत्ता र ३० हजार जना मानिस विस्थापित

२८ भदौ, काठमाडौँ : लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक मन्त्रीले बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै लिबियाका मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बताए । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *