ललिता निवास मुद्दामा आज ४ सरकारी वकिलको बहस

१८ भदौ, काठमाडौँ : बालुवाटारस्थित ललिता निवास शिविरभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा आज सोमबार चार सरकारी वकिलबीच बहस हुँदैछ ।

सरकारको तर्फबाट चार अधिवक्ताले बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने रातोपाटीलाई नायब महान्यायाधिवक्ता रमेश भट्टराईले जानकारी दिनुभयो । आइतबार चार जनाले बहस गरेका थिए ।

सरकारी जग्गा किर्ते गरेर हिनामिना गरेको मुद्दामा सोमबार सरकारी पक्षबाट बहस सकिएपछि प्रतिवादीले बहस सुरु गर्नेछन् । न्यायाधीश ढकालले प्रतिवादीलाई बहसका लागि तयार रहन भनेका छन् । सरकारी पक्षबाट बहस सकिएपछि प्रतिवादी शिवाजी भट्टराईले बहस सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *