ललिता निवास जग्गा घोटाला : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

१० असोज, काठमाडौँ : सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा किन नपरेको भन्दै सरकारसँग लिखित जवाफ मागेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाउ नोटिस जारी गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा घोटालामा पूर्वप्रधानमन्त्रीद्वयलाई छुट दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसैगरी, सर्वोच्चले पूर्वप्रधानमन्त्री डा भट्टराई र नेपालविरुद्धको पूरक अभियोगपत्र दर्ता गर्न माग गर्दै यसअघि परेका अन्य दुई रिट निवेदन पनि एकसाथ पेस गर्न आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *