लक्की फिल्म अवार्ड अक्टोबर १२ मा हुने

१५ असोज, काठमाडौँ : एनप्लस प्रोफेशनल लक्की फिल्म अवार्ड समारोह असोज १२ गते चितवनमा हुने भएको छ ।

लक्की मिडिया हाउसले ‘लकी फिल्मी अवार्ड २०८०’ शीर्षकमा अवार्ड प्रदान गरेको आयोजकले चितवनमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, चलचित्र, गायक (पुरुष र महिला), संगीतकार, पटकथा लेखक, छायांकनकर्ता र सम्पादक विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो ।

अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लकी’ले अवार्ड समारोह चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा हुने जानकारी दिए । अवार्डको निर्णायक मण्डलको संयोजकमा वरिष्ठ चलचित्रकार, लेखक तथा निर्देशक मोहन निरौला छन् भने वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिया र वरिष्ठ पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर सदस्य छन् ।

सन् २०१४ मा चितवनमा स्थापना भएको लक्की मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन र विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *