रेवत राईको “खुसे” बोलरहेको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौ ३ मङ्सिर- गायक रेवत राईको “खुसे” बोलरहेको गीतको म्युजिक भिडियो छायांकन सकिएको छ । ललितपुरको श्रीकाली चौरमा भएको म्युजिक भिडियो छायांकन पुरा भएको हो ।
पेङ्ग किरातको शब्द रचनामा रेवत राईको स्वर तथा संगीत रहेको यो गीतको एरेन्ज भने लाहांग सुब्बाले गरेका छन् ।

क्यामेरा मेन, ओम प्रसाईले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने नायिका रेखा फागो र शेर बहादुर थापा मगरको अभिनय रहेको छ ।

किराती राई चाम्लिङ्ग भाषाको शब्द “खुसे”को अर्थ कान्छी हुन्छ । “खुसे”को म्युजिक भिडियो छायांकन सकेर सम्पादनको प्रक्रियामा रहेकोले यो गीतको म्युजिक भिडियो चाडै दर्शक स्रोताहरुमाझ ल्याउने बताईएको छ ।

छायांकनको केहि रमाइला दृष्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *