राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

काठमाडौ – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सोमबारदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा सदस्यका उम्मेदवारले आइतबारसम्म निर्वाचनको अन्तिम प्रचारप्रसार र आन्तरिक प्रशिक्षण गरेका थिए ।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि उम्मेदवारले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्। मौन अवधिको पालना उम्मेदवार, राजनीतिक दल तथा सञ्चारमाध्यमले समेत गर्नु पर्नेछ। एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट मत माग्न पनि निर्वाचन आयोगले प्रतिवन्ध लगाएको छ।

दलका उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा पुग्नेगरि कुनै पनि सूचना तथा सन्देश प्रकाशन प्रसारण गर्न सञ्चारमाध्यमलाई रोक लगाइएको छ। मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउने छ । आयोगको सचेत गराउँदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना उम्मेदवारी रद्द गर्न समेत सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *