रामबहादुर थापा ‘बादल’ राष्ट्रपति

काठमाडौ,३ पुस – नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् ।

अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा उनले मानेका थिएनन् । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो । बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाम अघि सारिएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आफैं हुन चाहेका छन् । उनले यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा पनि चाहना राखेका थिए । तर, पार्टीभित्रको समीकरणमा कमजोर देखिएपछि खनाल पछि परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *