‘राजु मास्टर’ ले ल्याए नयाँ टेलिश्रृंखला ‘लफडा’

१५ साउन , काठमाडौँ : भदौबाट नेपाली हास्य कलाकार ‘राजु मास्टर’ अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ प्रसारणमा ल्याउने भएका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै सिरियलको जानकारी दिदैँ केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।
राजु पौडेलको लेखन तथा निर्देशन्मा रहेको नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *