याँ शक्ति पार्टी नेपालको तराई मधेशका बाढीपीडितलाई राहत वितरण कार्य जारी

काठमाडौं ४ भदौ- नयाँ शक्ति पार्टी, नेपालले तराई मधेशका बाढीपीडितलाई राहत वितरण कार्य जारी राखेको बताएको छ । पार्टीले देशभित्र तथा विदेशबाट संकलन गरेको आर्थिक सहयोग २ नं. प्रदेशका बाढीपीडितहरुलाई वितरण गरेको हो ।

यसअघि बाढीबाट सबैभन्दा बढी प्रभावित २ नं. प्रदेशका सप्तरी र रौतहट जिल्लाका बाढी प्रभावित स्थानका बासिन्दाहरुलाई राहत वितरण गरेको नयाँ शक्तिले शनिबार बाँकी ६ जिल्लाका प्रभावित क्षेत्रका स्थानीयबासीलाई सहयोग गर्नका लागि भन्दै ३ लाख रुपैंया जिल्लामा पठाएको नया शक्ती पार्टी नेपालले बताएको छ ।

शनिबार केन्द्रीय कार्यालयका संयोजक गंगानारायण श्रेष्ठले नयाँ शक्तिका नेता रामरिझन यादवलाई सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ । सो रकममा स्थानीय पार्टी कमिटीले संकलन गरेको थप रकमसहित प्रभावित जिल्लाका बाढीपीडितहरुलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा खरिद गरेर वितरण गर्ने बताईएको छ ।

यसैबिच नयाँ शक्तिले शनिबार बारा जिल्लाको रतनपुरी गाउँका २५ घरपरिवारलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीकाे नेतृत्वमा ऋषवदेव भट्टराई, बारा जिल्ला संयोजक सुशील यादव, संघीय परिषद् सदस्य मनोज तिमल्सिनालगायतको टोलीले बाराकै फेटा गाउँपालिकाको नदी कटान क्षेत्रको अवलोकनसमेत गरेका थिए ।

राहत वितरणकै क्रममा नयाँ शक्तिले शुक्रबार रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. १ पिप्रा भगवानपुर, फतुवा महेशपुर, बैरियाका बाढीपीडितलाई ४० क्वीन्टल चामल, त्रिपाल, लत्ताकपडासहितको राहत सामग्री वितरण गरेको नयाँ शक्तिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *