यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै, आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *