मोरङमा शंकास्पद अवस्थामा पैनीमा डुबिरहेको शव फेला

२८ साउन, काठमाडौँ : मोरङको सुन्दरहरैँचा १२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर शव फेला परेको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने रहेको छ ।
शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार खान भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे भने घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *