मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेट

२४ भदौ, काठमाडौँ : ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । भने गरिमा घिमिरे फस्ट रनरअप बुद्धिसरा सुनार सेकेण्ड रनरअप भएका थिए ।

दुई विवाहित सुन्दरीहरु फाइनलमा पुगेका थिए । जसमा शिताष्मा पोखरेल तेस्रो र अभिलाशा लम्साल चौंथो रनरअप भएका थिए ।

निर्णायकको रुपमा सौरभ ज्योति, सुरक्षा पन्त, उपौल मजुमदार, उपाषना घिमिरे, आयुष कार्की श्रेष्ठ, रविराज कर्णिकार, संगीता पहाडी र नन्दिनी लेही थापा थिए ।
यसवर्षकी विजेता दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *