मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं। मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले गरेको काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ। तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *