मिटरब्याज पीडितको कार्यालय परिसरमै विष सेवन गरी मृत्यु

१७ साउन, काठमाडौँ : साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याज पीडित र पीडक पक्षको छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेर एक व्यक्तिको बुधबार बिहान नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका(३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको रहेका छन् ।

डा। नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल सकिएपछि बाहिर निस्किने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् भने डाक्टर तिवारीले १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए तर लेनदेनको कागजात नभएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए ।

कागजत नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए तर डा तिवारीले ब्ल्याङ्क चेकमा मनलागेको रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी साहले पहिलो छलफल निष्कर्षमा नपुगेपछि पाँच दिन भित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए ।

सोनारले विराटनगर महानगरपालिका(७ स्थित आर के चिल्ड्रेन अस्पताल अगाडि चिया(नास्ताको पसल सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा। तिवारीसँग ४ वर्षअघि ७ लाख ऋण लिएको उनको दाबी छ । उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए । अझै १२ लाख तिर्न बाँकी देखाइएको भन्दै मिटरब्याजको उजुरी दिएका थिए ।

सोनार विरुद्ध विराटनगरका प्रदीप भुजेलले २ लाख रुपैयाँ र विनोद ढकालले ६ लाख रकम नपाएको भन्दै छुट्टाछुट्टै दुईवटा जाहेरी दिएका थिए । ती दुई वटै जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले भने, ‘हामीले ३–४ पटक विनितको उजुरीमा छलफल गरेर मिलाउने कोसिस गर्छौँ, तर उहाँहरुको केसमा एक पटक मात्रै छलफल भयो,’ उनले भने, ‘विष सेवन गरेपछि सो उजुरीमाथिको छलफल नै रोकियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *