माल्भिका सुब्बाले ‘जीवनसाथी’ शोको छैटौं सिजन ल्याउँदै

७ भदौ, काठमाडौं : भदौ १२ अर्थात् आगामी मंगलबारदेखि माल्भिका सुब्बाले ‘जीवनसाथी’ शोको छैटौं सिजन ल्याउने भएको छ ।

कुल ५२ एपिसोडको हुने नयाँ सिजनमा माल्भिकाले नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको घोषणा गरेकी छन् ।

२० वर्षदेखि सँगै रहेर बच्चा हुर्काइरहेका एलजीबीटीआइक्यू समुदायका जोडीलाई पनि शोमा ल्याएको अनुभव सुनाउँदै यो कार्यक्रमबाट नयाँ मायालु जोडीले केही सिक्न र प्रेरणा लिन सक्ने पनि माल्भिकालेले बताइन् ।
‘जीवनसाथी’ हिमालय टेलिभिजनको चर्चित कार्यक्रममध्ये पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *