फागुन २४ राजविराज,राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ।
मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगे पछि आक्रोशित मोर्चाका कार्यकर्ताहरुले आयोगको गाडि तोडफोड गरेका हुन् ।
बा ५ च ७४७३ नम्बरको आयोगको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।
सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। ‘गोली चल्दा मानव अधिकार कर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले आयोगको गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।