महाकालीको बाढीले सतर्कता तह पार : चार पांग्रे सवारी साधन आउजाउमा रोक

२४ साउन , काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीको बाढीले सतर्कताको तह पार गरी १ लाख ३१ हजार क्युसेक मापन भएपछि डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र शारदा ब्यारेज ९बनबासा० पुल र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गर्दै चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ ।

महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ बाढी मापन केन्द्रमा बाढीको सतहले ५.८० मिटर पार गरेको छ । सो केन्द्रमा बाढीको सतह ७ मिटर पुगेमा खतरा मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *