मलेशियामा फेरि एकजना नेपालीको मृत्यु

राजविराज २९ कात्तिक- मलेशियामा फेरि एकजना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा २ बर्ष अगाडि सप्तरीबाट मलेसिया पुगेका तिलाठी कोइलाडी गाउँपालिका–१,का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परे थिए ।

मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *