मलेशियामा एक नेपाली महिलाको मृत्यु, आर्थिक अभावको कारण शव नेपाल ल्याउन कठिन

मलेशिया २१ कातिक- मलेशियामा एक जना नेपाली महिलाको मृत्यु भएको छ । काभ्रेपलान्चोक गोठपानी ८ कि अन्जु चौलागाइको मृत्यु भएको मलेशियामा कार्यरत तिलोचन गौतमले जानकारी दिएका छन् । चौलागाई बिगत २० महिना अगाडि मोण्टेज ओभरसिज प्रा०लि बाट मलेसियाको पेनाङ स्थिति प्रेसिको इलोक्ट्रोनिक एसडिएन बिएचडिमा श्रमिकको रूपमा आएकी थिइन । नेपालबाट तोकिएर आएको कम्पनीमा काम मन नपरेको बताउदै नेपाल बाट आएको ९ महिना नबित्दै अबैधानिक रूपमा काम गर्न थालेकी थिइन् ।

केहि समय अगाडि देखि बिरामी रहेको तर उपचार हुन नसकेको जानकारी छ । उनि मलेशियाको पोर्ट केलाङ्गमा काम गर्दै आएकी भएपनि कहाँ ? कुन कम्पनीमा कार्यरत थिइन् ? त्यो जानकारी आईसकेको छैन ।

अहिले चौलागाईंको शव मलेसियास्थित केलाङ हस्पिटलमा रहेको र रोजगारदाता कम्पनीले आफूले केही गर्न नसक्ने बताएको छ । अहिले रोजगारदाता कम्पनीले मृतकको राहदानी नेपाली दूतावासमा बुझाइदिएको छ । नेपाल दूतावास बाट सबै कागजात तयारी रहे पनि आर्थिक अभावका कारण सब नेपाल पठाउन नसकिएको दूतावास स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *