भ्यालेन्टायनमा उदाय जनक ताम्राकार

काठमाडौ-पछिल्लो समय गायक जनक ताम्रकार कभर सङमा पनि देखा पर्न थालेका छन् । यसअघि जुनकिरी , काफल कमला लगायतका गीतहरु गाईसकेका ताम्राकार भ्यालेन्टायनकै बेलामा कभरसङसंगै उदायका हुन् ।

विभिन्न ३ वटा नेपाली तथा हिन्दी गीतहरुलाई एउटै मालमा उनेर कभर गीत गाएकाछन् ।
मेरो हजुर , अगर तु साथ हो र राम साईलि यि तिन गीतहरुलाई संगै मिलाएर गाएका छन् । यस अघि गाएको काफल कमलालाई धेरैले मन पराएका छन् भने पुर्व देखि सुदुरपश्चिमका लाखौ नेपालीहरुको मन जित्न समेत सफल भएको छ ।

पछिल्लो समयको यस कभरसङमार्फत दर्शक तथा स्रोताहरुलाई गीत-संगीतका माध्यमबाट भ्यालन्टायनको अवसरमा नयाँ तथा नौलो स्वाद पस्कने जर्मको गरेको जनक ताम्राकारले बताएका छन् । भ्यालेन्टायनको अवसर पारेर ताम्राकारले गाएको यस कभरसंङमा गिटार बजाएर सागर प्रधानले साथ दिएका छन् ।

गीत यहाँ हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *