भैंसी र पाडो तार्ने क्रममा काठेपुल भाँचिदा खसेर एक युवक बेपत्ता

७ भदौं, काठमाडौँ : बाजुरा जिल्लाको लुहार घोडाकोट खोलामा काठेपुल भाँचिदा खसेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार रहेको छ ।

प्रहरीका अनुसार काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिदा भैंसी र पाडोसहित गंग पनि खोलामा खसेको हो ।

भैसी जिउँदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *