भुटानको ड्रुक एयरले पोखराका लागि गर्यो चार्टर्ड उडान सुरु

२३ भदौ, काठमाडौँ : रोयल भुटान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान सफलतापूर्वक सञ्चालन गरेको छ ।

पिआइए स्रोतका अनुसार रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ पोखरा विमानस्थलमा आइतबार बिहान ६ः३९ मा अवतरण गरी ८ः५० मा भुटानको पारोका लागि उडेको थियो । एयरलाइन्सले उडान सञ्चालनको अनुमति पाएको र पोखरादेखि पारोसम्म सातामा ७ उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । योसँगै भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टर्ड उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

चीनको सिचुआन एयरलाइन्सले यसअघि जुन २१ मा PIA को लागि चार्टर्ड उडान सुरु गरेको थियो। पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलले व्यावसायिक उडान गर्न नसकेको भए पनि यो उडानले विमानस्थल सफल हुने आशा जगाएको छ । २२ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *