भारतीय मोडेल दिपांशु अभिनित चन्दा घिसिङको”चोलीको तुना” म्युजिक भिडियो सार्वजनिक

ईन्द्र जिजीबिषा / काठमाडौ- सुपरहिट गीत “झुम्का गि¥यो रे” को अपार सफलता पश्चात गायिका चन्दा घिसिङले अर्को नयाँ नेपाली पप गीत “चोलीको तुना” बोलको गीत सार्वजनिक गरेकी छन् । चाबहिलस्थित नेपाल चलचित्र विकास वोर्डको हलमा एक भव्य कार्यक्रम गरेर गायिका चन्दा घिसिङ्गले उक्त गीत सार्वजानिक गरेकी हुन् ।

हालै सार्वजनिक गीत “चोलीको तुना”का शब्द रचना र संगीत टिका बम्जनले गरेका हुन् भने,पवन वांग लामाले यो गीतको एरेन्ज गरेका छन् । गायिका चन्दा घिसिङ्लाई यो गीतमा गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् ।

यो गीतको म्युजिक भिडियोमा, भारतीय मोडेल दीपांशु थापालाई अभिनय गराइएको छ भने दिपांशु थापालाई मिस तामाङ समेत भईसकेकी सुमी मोक्तानले साथ दिएकी छन् ।

यो गीतको म्युजिक भिडियोलाई राजीव समरले कोरियोग्राफर गरेका हुन् भने राजेन्द्र मोक्तानले छायांकन, विज्ञान राईले सम्पादन र निर्देशन गरेका हुन् ।

गायिका चन्दा घिसिङको यो भन्दा अगाडिको “झुम्का गि¥यो रे” लाई युट्युबमा यो समाचार तयार पार्दा सम्म ४० लाख भन्दा बढीले हेरिसकेका छन् । यो गीत पनि “झुम्का गि¥यो रे” मा जस्तै आफूले राम्रो प्रयास गरेकोले “झुम्का गि¥यो रे”लाई जस्तै दर्शक स्रोताहरुले मन पराउनेमा आफू विश्वस्त रहेको गायिका चन्दा घिसिङले बताएकी छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *