भारतले नेपालको स्वतन्त्रतालाई कहिल्यै स्वीकार गरेन: सूर्यनाथ उपाध्याय

नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्य सूर्यनाथ उपाध्यायले नेपालको स्वतन्त्रतालाई भारतले कहिल्यै स्वीकार नगरेको टिप्पणी गरेका छन् ।

नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० पुनरावलोकन गनुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धका विषयमा छलफल गर्न बिहीबार उपाध्यायलाई राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बोलाएको थियो ।

छलफलमा भाग लिँदै उपाध्यायले भने, ‘भारतको बानी तपाईं हामीलाई थाहा छँदैछ, उसको लागि नेपाल एउटा स्वतन्त्र देश हो भन्ने हैन कि मेरो रच्छ्यान (घर अगाडिको जे पनि गर्न मिल्ने ठाउँ) हो । यसलाई जे गरे पनि हुन्छ ।’

भारतले नेपाललाई मित्र राष्ट्रका रुपमा लिएर त्यस अनुसारको व्यवहार नगर्ने गरेको उनले बताए । भारतीय प्रबृतिबारे उनको टिप्पणी छ, ‘हाम्रो स्वतन्त्रतामाथि, हाम्रो इन्डिपेन्डेन्सी र हाम्रो भू रक्षाका लागि एउटा मित्रराष्ट्रले गर्नुपर्ने काम भारतले गर्दैन । उल्लाई जे मन लाग्यो जसो मनलाग्यो, जसरी दुख दिन मन लाग्यो, आफूलाई सुविधा जसरी हुन्छ त्यसरी काम गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *