भरतपुरकी मेयर उद्धार र निरीक्षणमा

चितवन, २९ साउन – भरतपुर महानगरपालीकाका मेयर रेणु दाहाल महानगरको बाढी प्रभावित क्षेत्रमा उद्धार र निरीक्षणमा निस्कनु भएको छ । आईतबार बिहानैदेखि बाढी प्रभावित जनताको उद्धार र निरीक्षमा निस्कनुभएको हो ।

दाहालको पहलमा आईतबार बिहान महानगर कार्यालयमा बसको सर्वपक्षिय बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल निरीक्षण गर्ने, संगसंगै उद्धार गर्ने र निरीक्षणपछि राहत वितरण अभियानमा लाग्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय विकास अधिकारी, महानगरका उपमेयर, उपलब्ध वडा अध्यक्षहरु तथा विभीन्न राजनीतिक दलहरुको बैठकपछि मेयर दाहाल बिहानैदेखि निरीक्षणमा निरीक्षणमा निस्कनुभएको हो ।

भरतपुरको १३, २३, २७ र २८ मा बाढीका कारण समस्या भएकोले ति स्थानको निरीक्षण र उद्धारमा खटिने उहाँले बताउनुभयो । ‘बाढीले धनको धेरै क्षति भएको छ, त्यसैले तत्काल उद्धारसंगै निरीक्षणमा निस्किएका छौँ’ उहाँले भन्नुभयो  ‘निरीक्षणपछि राहतका लागि कार्ययोजना बनाएर तुरुन्तै राहत वितरण शुरु गर्छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *