भक्तपुर २९ बैशाख – भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले शुक्रबार विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडौँ मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे सिलिन्डर बम विस्फोट हो ।
बम विस्फोट हुँदा माधव खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको जानकारी छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरी घटनामा संलग्नको प्रहरीले खोजी सुरु गरेको छ ।