बैदेशिक रोजगार अनुमति प्रणाली (ईपिएस) को लागि बैंक भौचर भर्न हजारौ युवाहरु

काठमाडौ, ९ चैत्र- बैदेशिक रोजगार अन्तरगतको रोजगार अनुमति प्रणाली (ईपिएस) कोरियन भाषा परीक्षाको आवेदन आज बाट खुलेको छ । एचआरडी ईपिएस शाखा नेपालले मंगलबार राति १२ बजे देखि अनलाईन मार्फत फाराम भर्न सकिने गरि नयाँ साईटको ब्याबस्था गरेको थियो ।

बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले आज ग्लोबल आईएमई बैंकको कार्यालयहरुमा भिडभाड निक्कै बाक्लो देखिएको छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ । अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकमा तोकिएको शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ ।

बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ ।

भिडियोमा हेर्नुहोस, बैंकमा भौचर भर्नु लाम लागेका युवाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *