बैंकले सनी देओलको घर लिलामीको सूचना फिर्ता लियो

४ भदौ , काठमाडौं : बलिउड अभिनेता तथा सत्तारुढ भाजपा सांसद सनी देओल ६५ करोड भारुको ऋण संकटमा परेका थिए । बैंक अफ बडोदाले देओलको जुहुमा रहेको सनी भिल्लाको लिलामी सूचना आईतबार दिएको थियो । भने बैंकले २४ घण्टाभित्र नै आफ्नो निर्णय परिवर्तन गर्दै सोमबार सम्पत्ति फिर्ता लिइएको लिलामीमा रोक लगाएको छ ।

ऋण नतिरेपछि बंगलाको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो ।

सनीको फिल्म ‘गदर २’ ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । करिब ७० देखि ८० करोडमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ । फिल्मले आइतबार ४१ करोड कमाएको छ । योसँगै फिल्मको १० दिनमा कुल कलेक्सन ३७७।२० करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *