‘बे्रक फेल’ भएर नवलपुरमा यात्रुबस दुर्घटना

५ भदौ काठमाडौँ : धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार यात्रुबस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको थियो । भने दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *